बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

फाइलफोटो

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।

काठमाडौंबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् ।

दिउँसो स्थानीयवासीको अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

गएराति सहरी विकास मन्त्रालयले स्थानीयका सबै मागहरू कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरिएको थियो ।

त्यसलगत्तै आज बिहानै फोहोर बोकेका गाडी ल्यान्डफिल साइटतर्फ गएका थिए ।

तर, सत्तारूढ दलका स्थानीय नेता कार्यकर्ताहरूले आन्दोलन जारी राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here