अवैध रुपमा भित्रने मोबाइल नियन्त्रण गर्न भदौ ३० देखि ‘एमडीएमएस’ औपचारिक रुपमा लागू हुँदै

काठमाडौं । नेपालमा भदौ ३० देखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रुपमा कार्यान्वयनमा आउने भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् । नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइलफोन इम्पोर्टस एसोसियसनले गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न एमडीएमएस लागू गर्न लागेको हो ।

गत वर्ष नै कार्यान्वयनमा आउने भनिए पनि प्राविधिक तयारी नपुगेकाले पूर्ण रुपमा यो प्रणाली लागू भएको थिएन । यो अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा स्वागत मन्तब्य राख्दै मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपककुमार मलहोत्राले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाइएकोमा दु:ख व्यक्त गरे ।

सरकारको सो कार्य प्रति आपत्ति जनाए । सरकारले विदेशी मुद्रासञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिँदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुगेको बताए ।

‘गैरकानूनी रुपमा भित्रिने फोनमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुकाे कटौतीसम्म गर्नुपर्ने बाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको छ,’ उनले भने ।

कार्यक्रममा मोबाइल फोन इम्पोर्टस एसोसियसनका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस सुरुवात हुनेमा आशा प्रकट गरे । यो व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरण र सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई मात्र नभई देशको सुरक्षासँग पनि जोडिएको बताउँदै उनले सबैले यसलाई सफल तुल्याउनुपर्ने भनाइ राखे ।

सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले एमडीएमएसको महत्त्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै अर्का नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक रेवती रामपन्तलएमडीएमएसका बारेमा बुँदागत रुपम ाव्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

के हो एमडीएमएस ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मोबाइल डिभाइसको तथ्यांकका लागि प्रयोग गरिने प्रणालीका रुपमा यसलाई लिन सकिन्छ ।

यसमा राखिएको मोबाइल तथ्यांक प्रणालीले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउँछ । हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । मोबाइल किन्दा सिम राख्ने स्लट वा ब्याट्रीमा यस्ता नम्बर लेखिएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here