काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार ७३३ सवारी दुर्घटना, १९१ जनाको मृत्यु

File

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन् । यी दुर्घटनामध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधनको रहेको छ ।

तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको ज्यान गएको छ । जसमध्ये दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ । जसमा ५८ जना पैदल यात्री समेत छन् । दुई पांग्रे सवारी साधनमा बढ्दो दुर्घटनाका बीच प्रहरीले विद्यार्थीलाई लक्षित गरी विशेष चेकजाँच शुरु गरेको छ ।

यसै क्रममा ट्राफिक नियम मिच्ने ११८ जना बिद्यार्थी आइतबार कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् । कारबाही पर्ने सबै बिद्यार्थीमा दुई पांग्रे सवारी साधनका चालक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here