हिमालय एयरलाइन्सलाई चार साता चीन उडानमा रोक

काठमाडौं, ३१ साउन । एउटै उडानमा १५ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साता लामो प्रतिवन्ध लगाएको छ ।

चीनमा एक उडानमा १० जना भन्दा बढी मानिसमा कोरोना पुष्टी भएमा कारवाहीस्वरुप वायुसेवा कम्पनीलाई उडान प्रतिवन्ध लाग्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार अगस्ट २ मा हिमालयबाट चीन उडेका १५ जना यात्रुलाई कोरोना देखिएको थियो ।

त्यसपछि चीनले अगस्ट २२ देखि लागू हुने गरी चार साता लामो प्रतिवन्ध लगाएको हो । अहिले हिमालयले चीनको कुइमिङमा सातामा एक उडान गर्छ । यसले चीनबाट आइरहेको पर्यटकको संख्यामा ब्रेक लाग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here