कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)

काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ ।

जसअनुसार नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ।

यसैगरी, प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ र प्रहरी महानिरीक्षकको तलब भने २ ग्रेडसहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ।

सरकारले निजमति कर्मचारीदेखि शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब बढाएको हो।

अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत हुने गरी तोकिएको नयाँ तलवमान अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन शुरु गरेका थिए ।

यस्तो छ नयाँ तलबमान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here