हर्क साम्पाङले भेट अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, ३१ साउन । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले धरान महानगरपालिकालाई सहयोग गर्ने बताएका हुन् ।

साम्पाङसँगकाे भेटमा अर्थमन्त्री शर्माले मन्त्रालयले प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेटकाे जाेहाे गर्न उप-महानगरलाई सहयोग गर्ने आश्वसन दिए ।

मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनकाे टीमले धरानका जनताको खानेपानी समस्या समाधानका लागि गरिरहेकाे जनपरिचालनले देशभरमा राम्राे सन्देश दिएकाे बताए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ । अरु स्थानीय सरकारले पनि यसकाे अनुशरण गर्न सक्छन्’, उनले भने ।

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक परेकाे बताए । उनले संघीय सरकार स्थानीय तहकाे अविभावक भएकाले पनि समस्या परेकाे बेलामा प्राविधिक तथा वित्तीय स्राेत जुटाउन सहयाेग गरिदिनु पर्नेमा जाेड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here