अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

काठमाडौं, १ भदौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरि पुष्कर नियुक्त भएका छन् ।

कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष भदौ १ गते बुधबार पुष्करले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितीमा पदेन सदस्य हुने व्यबस्था छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । पुष्कर राजस्व सचिवबाट ६ दिनअघि अर्थसचिवको जिम्मेवारीमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here