गरिमा क्यापिटलको सिइओमा भट्टराई नियुक्त

काठमाडौं १ भदौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बाउन्न (५२)औं बैठकले भट्टराईलाई सिइओ नियुक्त गरेको हो ।

भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका उनले सोही संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आउए थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध धितोपत्र प्रत्याभू, शेयर रजिष्टे«शन, संस्थागत परामर्शलगायत सेवा प्रदान गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here