‘विद्युत् प्राधिकरणको सफलताको ग्राफ अझै उकालो लाग्छ’-कुलमान घिसिङ

काठमाडौं, १ भदौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणको नाफाको अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका हुन् ।

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए ।

प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उनले विद्युत् उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत् प्राधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्जिङ स्टेसन बनाउने घाेषणा पनि गरे ।

उनले विगतमा सानो इन्टेन्सिभ खाने निर्णय गर्दा अख्तियार र संसदबाट चिठी आउने गरेको तर अहिले नाफा आर्जन गरेर सक्षम भएको बताए । उनका अनुसार ५ वर्षभित्रमा ३ गुणा बढी विद्युत खपत भएको छ भने प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले खपत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here