कतार एयरवेजले ल्यायो प्रिमियम कम्प्यानियन अफर, २० प्रतिशतसम्म छुट

क्लाउडपत्रिका
काठमाडौं, २८ माघ । कतार एयरवेजले टिकट खरीदमा २० प्रतिशतसम्म छुटको घोषणासहित प्रिमियम कम्प्यानियन अफर ल्याएको छ । अफरअन्तर्गत बिजनेश तथा फस्र्ट क्लासमा दुई वा त्यो भन्दा बढी टिकट बूक गर्ने यात्रुले छुट पाउने छन् भने उनीहरुले पाउने क्यूमाइल्स तथा क्यू प्वाइण्टस पनि डबल हुने छ ।

यस्तो छुट सुविधा पाउनका लागि यात्रुले २०१९ फेब्रुअरी ११ देखि १८ अर्थात माघ २८ देखि फागुन ५ गतेसम्म टिकट बूक गर्नु पर्नेछ । तर, टिकट भने सन् २०१९ को डिसेम्बर ११ सम्मको किन्न सकिने कम्पनीले बताएको छ ।

कतार एयरवेजले हाल विश्वका १६० भन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ । कम्पनीसँग हाल २३० ठूला जहाज रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here