सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध फेरि अवरोध

फाइलफोटो

काठमाडौं, २ भदौं । बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् ।

सहमति पत्रमा उल्लेख नै नभएको माग राख्दै स्थानीयहरु बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

सहमतिमा फोहोर बोक्ने गाडीले बाटोमा लिच्चड चुहाउन नपाउने, बन्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा दैनिक गन्ध नआउने औषधि छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

तर पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

बुधबार भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन प्रशासनले दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here