गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा शूल्कमा ५० प्रतिशत छूट

काठमाडौं, २ भदौ । भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डिलिङ सेवामा ५० प्रतिशत छूट दिइएको छ ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । अब नेवानिले शुल्कमा ५० प्रतिशत छूट दिनु पर्नेछ ।

भैरहवामा पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको जिम्मा नेपाल एयरलाइन्सले पाएको हो । यसअघि सरकारले पर्यटन पुनरुत्थानका लागि लिएका नीतिमा यस्तो छूट दिने उल्लेख थियो । सोही अनुसार ग्राउण्ड ह्याडिलिङ सेवामा छूट दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here