निर्वाचन आयोगको निर्देशन-‘बजेटमा तोकिएका बाहेकका आयोजना तथा कार्यक्रम सञ्चालन नगर्नू’

काठमाडौं । निर्वाचन आयोगले बजेटमा तोकिएका बाहेकका आयोजना तथा कार्यक्रम सञ्चालन निर्देशन दिएको छ ।

आयोगले तीनै तहका सरकारहरूलाई शनिवार एक सूचना जारी गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको हो ।

त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र जसले गर्दा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते एकै चरणमा हुने तय छ।​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here