थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं, ५ भदौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here