‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने माथि कारबाही, महानगरले भत्कायो संरचना

काठमाडौं, ६ भदौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएको छ ।

महानगरले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुको अस्थायी संरचना भत्काएको हो ।

महानगरले अन्डर ग्राउण्ड पार्किङ खुलाउन उक्त संरचना भत्काएको हो । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको थिए ।

महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो।

जसको अनुगमनको लागि हिजो मेयर बालेन्द्र साह आफै बानेश्वर पुगेका थिए। आज बिहान पनि साह बानेश्वर क्षेत्र पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here