तीन दिनको मौसम पूर्वानुमान: देशभर आंशिकदेखि सामान्य बदली, केही दिन वर्षा कम हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम मौसम पूर्वानुमानले जनाएको छ। हाल देशभर आंशिक देखि सामान्य बदली छ।

यस्तो हुनेछ तीन दिनको मौसम

मंगलबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वामानु शाखाले जनाएको छ।

राति : मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र मधेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिन्छ।
Ads

राति : पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि सामान्यता सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशााखाले जनाएको छ।

बिहीबार

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि सामान्यता सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here