यूरोको भाउ लगातार खस्किँदै, अमेरिकी डलरको तुलनामा २० वर्षयताकै कमजोर

काठमाडौं, ८ भदौं । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।

अमेरिकी डलरको तुलनामा यूरो २० वर्षयताकै कमजोर भएपछि बजारमा अमेरिकी डलरको तुलनामा र युरोको भाउ सस्तिन पुगेको छ ।

राष्ट्र बैंकले बुधवारका लागि अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन यूरो एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।

१ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै यूरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९१ रुपैयाँ २८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७१ पैसा र हङकङ डलर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी आज जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६१ पैसा र बिक्रीमा १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here