धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड, १८ लाख बढीको हात खाली

काठमाडौं, ८ भदौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री सनराइज क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३० हजार ८२४ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाएका छन् । १८ लाख बढीको भने हात रित्तो भएको छ ।

लघुवित्तले साउन २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छभने आइपीओ जारीपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र धौलागिरी लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here