काठमाडौं मल अगाडिको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा सो संरचना हटाइएको हो । डोजरसहितको टोलीले अनधिकृत संरचना हटाउँदा उपत्यका प्रहरीहरुको उपस्थिती थियो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here