झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ८ भदौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से १.६१अंकले बढेर २०५६.५९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, रुरु जलविद्युत् ५.८६, अरुण काबेली ५.२८, सिन्धु विकास बैंक ४.६२, अपर सोलु, न्यादी हाइड्रोपावर, गुराँस लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र हिमालयन बैंकको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १६ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ८ करोड र रिडीमो ५ करोड ६० लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here