व्यापारीलाई बालेनको आश्वासन-‘गैरकानूनी संरचना जसले भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ’

काठमाडौं । नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ ।

एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो ।

केही दिनअघि मात्रै नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको महानगरले काठमाडौंको मुटु मानिने सुन्धारास्थित काठमाडौं मलमा डोजर चलाएको हो ।

बुधबार नै महानगरले खिचापोखरस्थित आरबी कम्प्लेक्सले अनधिकृत रुपमा बनाएको संरचनामा डोजर लगाएको छ ।

यसअघि महानगरले नक्सा पास विपरीत बनाइएक संरचना हटाउन ३५ दिने सूचना जारी गरे पनि सम्बन्धित घरधनीले वेवास्ता गरेपछि महानगर आफैं त्यस्ता संरचना हटाउन लागि परेको हो ।

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्तिले व्यपारीलाई क्षतिपुर्ति दिनुपर्ने बताए छन् ।

बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’

उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here