पूर्वतयारीका काम सकेर मात्रै राष्ट्रिय राजमार्ग स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन

फाइल तस्विर

काठमाडौं, ९ भदौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्ग वातावरणमैत्री, वन्यजन्तुमैत्री र प्रविधिमैत्री बनाउन निर्देश्न दिएको छ । समितिले राजमार्गलाई विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्दा नै ध्यान पुर्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वतयारीका सबै काम सकेर मात्रै राष्ट्रिय राजमार्ग स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले विशेषगरी चार लेनमा स्तरोन्नति गर्ने गरी निर्माणको काम अघि बढाइरहँदा नारायणगढ–बुटवल सडकमा देखिएको कमीकमजोरी नदोहोरिने गरी सडक प्रयोग गर्ने पैदल यात्रु र सडक वरपरका स्थानीयवासीलाई समेत सजिलो हुने गरी तयारी गर्नुपर्ने निर्देश गरेको हो ।

पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डमा सडक तथा पुलहरु जीर्ण भएर यातायात सञ्चालन गर्न समेत कठिन भइरहेको छ ।

साथै विभिन्न खण्डमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा मध्यवर्ती क्षेत्रलगायत संरक्षित क्षेत्र पर्ने भएकाले वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा पर्याप्त ध्यान दिएर सडक तथा पुल निर्माण गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

त्यस्तै समितिले हाल सञ्चालनमा रहेको कुर्था–जयनगर रेलमार्गमा मर्मत वर्कसप, फ्युल सेन्टर स्थापना गर्न, कर्मचारी व्यवस्थित गरी रेल सञ्चालन गर्न र आगामी दिनमा विद्युतीय रेललाई प्राथमिकतामा राखी आवश्यकीय विद्युतीय संरचना निर्माण अघि बढाउन भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रेल, मेट्रो रेल तथा विकास आयोजनाअन्तर्गत हाल कुर्थाबाट भारतको जयनगर ३५ किमी रेल सञ्चालन भइरहँदा यसको पूर्वतयारीमा ध्यान नपुर्याउँदा सेवा सञ्चालनमा अनेकन समस्या झेल्नु परेको बताइएको छ । यसको तत्काल मर्मत सम्भार तथा फ्युल स्टेसन तथा कर्मचारी वयवस्थापन गर्न भनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here