राताम्मे सेयर बजार, १ अर्ब ७१ लाखमा खुम्चियो कारोबार

काठमाडौं । बुधबार नेप्से परिसुचक १८ दशमलव ३० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार २ सय ३९ दशमलव ५४ अंकमा झरेर बन्द भएकोे हो ।

आज कारोबारमा आएका सबै समुह ओरालो लाग्दा सेयर बजारमा गिरावट आएको हो । कारोबारमा आएकामध्य उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ७९ दशमलव ९५ अंकले घटेको हो ।

त्यस्तै जीवन बीमा ५८ दशमलव ५६, विकास बैंक ५७ दशमलव ४८, होटल ४१ दशमलव ६४, जलविद्युत ३९ दशमलव १५ र अन्य समुह ३३ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

त्यसैगरी सबैभन्दा बढी प्रभाव रहेको बैंक समुह ४ दशमलव ८९ अंकले घटेका छ । बुधबार २ सय १९ ओटा कम्पनीको ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयरबाट १ अर्ब ७१ लाख ७४ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here