अठार नम्वर पिल्लर बस्तीमा निमार्ण सम्पन्न

पप्पु गुरुङ्ग

दोधारा । अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन निमार्ण गरिएको जैबिक तटबन्धको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण गरिएको जैविक तटबन्धको निमार्ण कार्य सम्पन्न पछि अनुगमन गरिएको हो ।

डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना बाट निमार्ण गरिएको एक सय पचास मिटर लामो जैविक तटबन्ध निमार्ण कार्य सम्पन्न भएको हो । नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, बाताबरण बिज्ञ गणेश ठगुन्ना र डिसी नेपालका बाताबरण बिज्ञ राजन थापा लगाएतले अनुगमन गरेका छन् ।

सम्झौता अनुसार स्थानिय उपभोक्ताहरुले समयमै निमार्ण कार्य सम्पन्न गरेको बताईएको छ् । जगबुडा नदीको कटानीको कारणले अठार नम्वर पिल्लर बस्ती उच्च जोखिममा रहदै आएको छ् ।

बस्तीलाई जोगाउन डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाबाट जैविक तटबन्ध निमार्ण कार्य अघि बढाएको हो ।

नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार अनुसार सम्झौता अनुसार उपभोक्ताहरुले जैविक तटबन्ध निमार्ण कार्य समयमै सन्तोषजनकरुपमा सम्पन्न गरेको बताएका छन् । अठार नम्वर पिल्लर बस्तीमा जम्मा आठ घरपरिवारहरु बसोबास गर्दै आएका छन् ।

भारतको सिमा संग जोडिएर रहेको उक्त बस्तीलाई जोड्ने गत वर्ष मात्रै झोलुङ्गे पुल निमार्ण भएको हो । बस्तीमा केही दिन अघि मात्रै बिद्युत सेवा बिस्तार भएको छ् । सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीलाई जगबुडा नदीले कटानी गर्दै आएपछि स्थानियहरुले कटानी रोक्न गुहार लगाउदै आएका थिए ।

स्थानियबासी माया सुनारले जैविक तटबन्ध निमार्ण पछि राहत महशुस भएको बताएका छन् । जगबुडा नदीले गर्दै आएको जग्गा जैविक तटबन्धको कारण कटानी रोकिएको माया सुनारले बताए । ‘जैविक तटबन्ध निमार्ण पछि हामीलाई राहत मिलेको छ्’ माया सुनारले भने ।

डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाबाट रु. ४ लाख पचास हजार रकमबाट जैविक तटबन्ध निमार्ण सम्पन्न भएको नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहको ठुलो पहलको कारण अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण सम्पन्न भएको स्थानियहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here