फलफूल र तरकारीको आयात उच्च, एक महिनामा ४ अर्ब बढीको भित्रियो

काठमाडौं, ११ भदौं । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ ।

तथ्यांक अनुसार साउन महिनामा नेपालमा दुई अर्ब ४६ करोड १९ लाख ८२ हजार बराबरको तरकारी आयात भएको छ । निर्यात भने चार करोड ९० लाख ७१ हजार बराबरको भएको छ।

गत आर्थिक वर्षको यसै महिनामा भने नेपालमा चार अर्ब ११ करोड ५५ लाख ३ हजार बराबरको तरकारी आयात गरिएको थियो भने,नेपालबाट विदेशमा पाँच करोड ५१ लाख ७ हजार बराबरको तरकारी निर्यात गरिएको थियो।

यस्तै चालु आर्थिक वर्षको साउनमा एक अर्ब ९० करोड ९० लाख ७८ हजार बराबरको फलफूल विदेशबाट आयात गरिएको छ भने जम्मा ६२ हजारको फलफूल मात्रै नेपालबाट निर्यात गरिएको छ।

नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अंगुरको आयात हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here