शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं, ११ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार कोरोबारको दुइघण्टामा २१३ कम्पनीको १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स समूह पनि १.८७ प्रतिशतले घटेको छ ।

आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे ५ करोड र अरुण काबेली पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावरका शेयर धनीले सबैभन्दा धेरै ४.८८ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, कालिका पावर ४.३९, ग्रीन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, गोर्खा फाइनान्स, लिबर्टी इनर्जी, गुराँस लघुवित्त, बुद्धभूमि नेपाल र युनिभर्सल पावरको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here