कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७ औं शाखा

काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंकले गण्डकी प्रदेशको पोखरा स्थित पुरुन्चौरमा ९७ औ शाखा कार्यालय स्थापना गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको उद्घाटन गरेका थिए ।

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरm चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहको उपस्थिति रहेको थियो ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

बैंकको देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here