बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहत

काठमाडौं, ७ साउन । असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।

फाउन्डेसनले दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक÷एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरणगरेको छ ।

स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको उपस्थीतिमा गरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायीक साझेदारहरू समेतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here