बुधबार मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं ७, साउन । आर्थिक वर्ष सुरु भएको आठ दिनपछि बुधबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । विग मर्जरलाई प्रोत्साहन, सवारी साधन र घरजग्गा कर्जामा कडाइलगायत विषय समेटेर राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति ल्याउन लागेको हो ।

मौद्रिक नीतिका आन्तरिक तयारी पूरा भए पनि राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित हुन बाँकी छ । यसका लागि राष्ट्र बैंकले बुधबार बिहान सञ्चालक समितिको बैठक डाकेको छ ।

बिहान बोर्डबाट पारित भएपछि दिउसो सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । ‘सबै काम सकिएको छ,’ स्रोतले भन्यो,‘बोर्डबाट स्वीकृत भएपछि सार्वजनिक हुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीति तयार गरिरहदा बैंकहरुको कर्जा लगानीलाई अंकुश लगाउने नलगाउने बारे छलफल गरेपनि टुङ्गोमा पुगिसकेको छैन ।

‘केही अनुत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाह कडाइ गरे पनि साधारण कर्जामा कडाइ गर्ने सम्भावना छैन,’ स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here