कक्षा १२ सम्म विद्यार्थीलाई मोवाइल निषेध, शिक्षकले पनि चलाउन नपाउने

काठमाडौं, ८ साउन । मोवाइल फोनको बढ्दो प्रयोगले किशोर किशोरीमा नकारात्मक असर पुगिरहेको छ ।

खासगरी सहजै पहुँच स्थापित हुने भएकाले सानैमा गलत संगतमा फस्ने सम्भावना हुन्छ ।

किशोर किशोरबीच उमेर नपुग्दै सम्बन्धमा बाँधिने र भविश्यको वेवास्ता गर्दा पनि अहिले विकृति बढिरहेका छन् ।

यस्तै मेसोमा सोलुखुम्बुको एक गाउँपालिकाले अब कक्षा १२ सम्मका विद्यार्थीले विद्यालयमा फोन प्रयोग गर्न नपाउने गरी निषेध गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको उक्त निर्णयसँगै अब गाउँपालिका भित्रका सबै माध्यामिक स्तरसम्मका विद्यालयमा अब विद्यार्थीले मोवाइल बोक्न पाउने छैनन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेका अनुसार गत १० असारको गाउँ सभा बैठकले उक्त निर्णय गरेको हो ।

त्यसो त अब विद्यालयमा शिक्षकले पनि मोवाइल प्रयोग गर्न नपाउने गरी निर्णय भएको उनले उल्लेख गरेका छन् ।

शिक्षकले आप्mनो जिम्मेवारी विपरित विद्यालयमा मोवाइल फोन प्रयोग गर्दा त्यसले अध्ययन अध्यापन प्रभावित हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here