सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १७ भद्यौं । शुक्रबार सुनको मूल्य घटेको छ । चाँदीको भने बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घट्दा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

यस्तै, यो हप्ता चाँदीको भाउ पनि घटेको छ । समग्रमा चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको एक हजार एक सय ६० रुपैयाँ रहेको चाँदी आज एक हजार एक सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here