अनधिकृत संरचना हटाउन ललितपुर महानगरको’अल्टिमेटम’, अटेर गरे डोजर लगाइने

काठमाडौं, १७ भदौं । ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ।

अनधिकृत संरचना खाली गर्न सूचना दिने र दशैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाउने तयारी थालेको हो ।

महानगरले पटक–पटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्।

अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइए प्रक्रिया पूरा गरेर महानगरले हटाउने जनाइएको छ ।

फुटपाथ ९सडकपेटी० मिचेर बनाइएका संरचना भने हटाउन शुरु गरिसकेको छ ।

शुक्रबार महानगरले ललितपुरको लगनखेलस्थित महानगरकै भवनमा रहेको एक होटलले नियमविपरीत बनाएको संरचना हटाएको हो ।

साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here