बाल बिवाह अन्त्यका लागि ‘मर्यादित महिनावारी दिवस’, डिसेम्बर ८ लाई विश्वव्यापी मान्यता दिन माग

काठमाडौं । डिसेम्बर ८ मा चौथौँ अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’ मनाउन लागिएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको १४ औं दिनमा चौथौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन लागिएको हो ।

एडस् हेल्थ केयर फाउण्डेशन, दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जाल तथा राधा पौडेल फाउण्डेशनको संयुक्त आयोजनामा नेपालमा पनि विभिन्न कार्यक्रम गरिनेछ । कार्यक्रम तालिका सहित पौडेल फाउण्डेशनले विहीवार एक कार्यक्रमको आयोजन गरेको थियो ।

फाउण्डेशनद्धारा आयोजित मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै राधा पौडेलले ‘विश्व मर्यादित महिनावारी दिवस’ को रुपमा संयुक्त राष्ट्रको महासभावाट पारित गराउन वकातल गर्न सबैमा अनुरोध गरिन् ।

उनले महिनावारी विभेद विश्वव्यापी रुपमा बाल बिवाहको लागि हराएको ड्राईभर हो। मर्यादित महिनावारी लैङ्गिक समानताको लागि एक अभिनव र समग्र दृष्टिकोण हो । महिलामा हुने महिनावारीलाई सामान्य कुरा हो भनेर बुझ्न सके मात्र महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुने बताइन् ।

महिनावारीका कारण हुने विभेदलाई शान्ति, मानवअधिकार, दिगो विकाससँग जोडेर हेर्नुपर्ने र त्यसै अनुसारको बहस/छलफलको आवश्यकता रहेको बताइन् ।

उक्त कार्यक्रमा एडस् हेल्थ केयर फाउण्डेशन, ग्लोबल एड्भोकेसी र नीतिका उपप्रमुख लोरेटा वोबले भनिन् ‘महिनावारी विभेद लिङ्गको आधारमा हुने हिंसा हो, जबसम्म हामी महिनावारीको वरिपरि कलंक र वर्जितहरु रहन अनुमति दिन्छौँ, उनीहरुको पूर्ण क्षमतामा पुग्नबाट पछि हट्नेछन् । ‘

दिवसको यो वर्षको नारा ‘बाल बिवाह अन्त्यका लागि मर्यादित महिनावारी’ रहेको छ । सेप्टेम्बर देखि डिसेम्बर २०२२ सम्म गरिने यो कार्यक्रम एडस् हेल्थ केयर फाउण्डेशनको एशिया ब्युरोसँगको साझेदारीमा हुन लागेको हो ।

डिसेम्बर ८ मा हुने कार्यक्रममा साझेदारी संस्थाहरुद्वारा उत्पादन गरिएका शैक्षिक सामाग्रीहरु प्रदर्शन र वितरण गर्न बुथ प्रदर्शनी हुनेछ । मर्यादित महिनावारी सम्बन्धी संयुक्त वकालतका लागि महिला, बालिका, अधिवक्ताहरुले आ-आफ्नो भनाइ राख्नेछन् ।

नीति स्तरका व्यक्तिहरु, विश्वव्यापी दक्षिण एसियामा साझेदारी सँस्थाहरु/ दाता प्रतिनिधिहरुको सहभागितामा सम्मेलन दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here