‘सदगुरुको सम्मानमा देशभर ३० हजार वृक्षरोपण गर्नेछौ’ : वनमन्त्री यादव

सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

काठमाडौँ, १८ भदौं । “सेभ सोइल” अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ ।

सो अभियानका लागि नेपाल आएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका हुन् ।

शुक्रबार साझ ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गरेका ३० हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरीमा कम्तिमा पतीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत गरे। अभियानमा मन्त्रालय सधै हातेमालो गरेर अगाडि बढ्न तयार छ, उनले भने तपाईले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ ,” वृक्षरोपणको कार्यको पनि भदौं महिना भित्रै सुरवात गरेर हामी आफ्नो वचनलाई पूरा गर्छौं ।”

उक्त अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए ।

माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनु भएको महाअभियानको जती प्रशंसा गरेपनी कम हुने मन्त्री यादवको भनाई थियो ।

सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति पनि उपहारका स्वरूपमा प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here