‘अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔं’-गभर्नर

काठमाडौं, १८ भदौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाइ थियो।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिँदैन भन्ने होइन।

सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ। यस अर्थमा सकारात्मक कुराहरु आइराखेका छन्। पर्यटन गत वर्षभन्दा पछिल्लो ६ महिनामा दोब्बर आएका छन्। केही बस्तुहरुको निर्यात बढेर गएका छन्।’

केही बस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here