असन र ईन्द्रचोक क्षेत्र वरपरमा मन्दिर तथा सम्पदामा भइरहेका अवैध व्यापार हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान शुरु गरेको छ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो।

२५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्।

वडाले यसअघि पनि पटक–पटक हटाउन माइकिङ्ग अनुरोध गर्दै आएको थियो । वडा नं। २५ का अध्यक्ष राजेश डंगोलले निरन्तरको आग्रहलाई नमानेपछि सूचना निकालको बताए ।

उनले पछिल्लो आग्रहलाई नेटेरे प्रहरी लगाएर खाली गराइने बताएका छन् । उनले मन्दिर तथा सम्पदामा व्यापार गर्न नदिइने स्पष्ट पारे ।

उक्त क्षेत्रमा रहेका सन्तानेश्वर महादेव मन्दिर, भवानी शंकर मन्दिर क्षेत्र, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ रहेका पसलहरु हटाउन अल्टिमेटम दिइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here