यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी, फेला परेनन् सर्वोत्कृष्ट

काठमाडौं, २२ भदौ । आज निजामती कर्मचारी दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारासहित यो दिवस देशभर मनाईदै छ । सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो ।

निजामती कर्मचारी दिवसको अवसरमा सरकारले बुधवार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७९ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।

पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ ।

तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here