डेंगु रोग पीडितलाई हेल्थ एट होमको नि:शुल्क स्वास्थ्य परामर्श सेवा

काठमाडौं । घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

पछिल्ला दिनमा राजधानी लगायत देशभर डेंगु संक्रमित तीव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुवात गरेको हो । कम्पनीले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा नि:शुल्क परामर्श सेवाको सुरुवात गरेको हो ।

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।

कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो ।

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ ।

हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here