उपत्यकामा दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा धेरै ललितपुरमा ६४७, काठमाडौंमा ५२२ र भक्तपुरमा ३५ जना नयाँ बिरामी थपिएका हुन्।

तीन दिनमा थपिएका डेंगुका बिरामीसहित काठमाडौंका तीनवटै जिल्लामा डेंगुका बिरामी चार हजार २३ जना पुगेका छन्। उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा दुई हजार चार सय ७९, काठमाडौंमा एक हजार चार सय १० र भक्तपुरमा एक सय ३४ डेंगुका बिरामी छन्।

डेंगुबाट बढी प्रभावित हुनेमा काठमाडौं उपत्यकाका तीनसहित धादिङ, मकवानपुर, रूपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् ।

काठमाडौंका टेकु, कालिमाटी, छाउनी, न्यूरोड, कोटेश्वर नरेफाँट क्षेत्रमा धेरै डेंगुका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।

सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here