फर्निचर तथा फर्निसिङ मेला शुरु, झण्डै पचास प्रतिशत फर्निचर आयात

काठमाडौं, २३ भदौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।

एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको देख्दा खुसी लागेको बताएका थिए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनु पर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

एक्स्पो आयेजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्विदेशी उत्पादनको प्रवद्र्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाई थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिष्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । साँझ ६ बजेसम्म प्रवेशद्धार खुल्ला राखिनेछ ।

प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
१०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ । अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ ।

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । “किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् ।

५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here