नेपालको मानव विकास सूचकांक खस्कियो, समस्यासँग जुध्न नसके खराब अवस्था आउने

काठमाडौं, २४ भदौं । विश्व सूचकांकमा कम मानव विकास सूचकांकमा गणना भइरहेको नेपाल स्तर खस्किएको छ । ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकांक खस्किएको उल्लेख छ ।

प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक सन् २०२१ मा ०.६०२ रहेको छ । सन् २०१९ मा ०.६११ रहेको मानव विकास सूचकांक २०२० मा ०.६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकांक ०. ६०१ थियो ।

यो प्रतिवेदन अनुसार मानव विकास सूचकांकमा नेपाल १ सय ४३औँ स्थानमा छ । दक्षिण एसियाली देशमा पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बंगलदेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३औँ स्थानमा छ ।

समस्यासँग जुध्न नसके झन् खराब अवस्था आउने यूएनडीपीले चेतावनी दिएको छ । यो प्रतिवेदनले कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण विगतका दुई वर्ष विश्वका अर्बौँ मानिसको जनजीवनलाई प्रभाव पारेको उल्लेख छ ।

खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसतः आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ ।

यसमा मुलुकहरुले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here