उपत्यकासहित देशका धेरै ठाउँमा भीषण वर्षा, अझै एक/दुई घण्टासम्म पर्ने

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँमा भीषण वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश-१, वाग्मती, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो । बङ्गालको खाडीमा आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसमविद्हरुले जनाएका छन् ।

यो पानी अझै एक/ दुई घण्टासम्म नै पानी पर्ने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here