माैद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकले पाउनेछन् यी ५ विशेष सुविधा

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

आठ महिनापछि अवकाश पाउने गभर्नर नेपालले आफ्नो अन्तिम मौद्रिक नीतिमा विग मर्जरमा जाने वाणिज्य बैंकलाई विशेष सुविधा दिने घोषणा गरेका छन् ।

मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने, कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय संचिति कायम गर्ने गरी मौद्रिक व्यवस्थापन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै नेपाल सरकारको बजेटमा उल्लिखित ८.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गरिनेछ पनि मौद्रिक नीतिमा उल्लेख छ ।

गर्भनर नेपालले मौद्रिक नीतिको वित्तीय क्षेत्र सुदृढिकरण कार्यक्रम अन्तर्गत वाणिज्य बैंक बीचको विग मर्जरलाई ५ बुँदामा विशेष छुट दिने घोषणा गरेका छन् ।

वाणिज्य बैंकको मर्जरलाई प्राथमिकतामा राखेका गभर्नर नेपालले २०७७ असार मसान्त भित्र गाभ्ने, गाभिने वा प्राप्तिको प्रक्रियामा संलग्न भई एकिकृत कारोबार गर्ने बैंकलाई निम्न अनुसारका सहुलियत दिएका छन्ः

-कृषि,उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने

-कर्जा र निक्षेपबीच ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

-शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनुनपर्ने

-संचालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने

-चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here