वर्ल्डलिंकको दशैं अफर, प्याकेज किन्दा १०५० रूपैयाँमा राउटर र २०० एमबीपीएस इण्टरनेट

काठमाडौं । वर्ल्डलिंक कम्युनीकेसनले दशैं तिहारलाई लक्षित गर्दै ‘वर्ल्डलिंक फेस टिभीटी’ अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई इण्टरनेटको प्याकेज खरिद गरेवापत विभिन्न सुविधा दिनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

जसअनुसार ग्राहकले कम्पनीको इन्टरनेट सब्सक्रिप्सनमा पविभिन्न ३ फरक फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने स्मार्ट अफर अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) नोकिया बिकन १.१ मेस राउटर, २०० एमबीपीएसको इण्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटिभी मात्र रु १५० मा प्राप्त गर्ने छन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध हुनेछ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।

सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ।

वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इण्टरनेटसंगै भ्यालु एडेड सर्भिसेस पनि प्रदान गर्दै आएको छ । जस अन्तर्ग वाईफाई एक्सप्रेसद्वारा देश भर १४ हजारभन्दा धरै वाईफाई हटस्पटमा निःशुल्क वाईफाई प्रदान गरिरहेको छ।

साथै तुरून्तै सेवा अन्तर्गत अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इण्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here