श्रृजनशील लघुवित्तको आइपीओ सोमवार बाँडफाँड, शेयर पाउन भाग्यकै भर

काठमाडौं, २६ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमवार बिहान बाँडफाँड हुने भएको छ । काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको हो । कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरिएको छ ।

आइपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेमा ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।

३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here