१३ बर्षिय मृगौला पीडीत पौडेललाई मेचीमहाकाली सामाजिक संस्थाको आर्थिक सहयोग

पोखरा, २६ भदौ । मेचीमहाकाली सामाजिक संस्थाले स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका २ चिलाउनेबासका मृगौला पीडित १३ बर्षिय बालक समीर पौडेललाई आर्थिक सहयोग गरेको छ । तीन बर्ष को उमेर बाट नै मृगौला सम्बन्धी रोग लागेका उनको उपचारार्थ आर्थिक सहयोग गरेको हो ।

पौडेलको उपचार पोखरा स्वास्थय बिज्ञान प्रतिस्ठान ,मणिपाल शिक्षण अस्पताल काठमाडौ का विभिन्न अस्पताल हरुमा नियमित रुपमा गरिरहनुपर्ने अवस्था छ ।

सानो उमेरमै बुबा गुमाएका उनलाई एकल आमाले उपचार गरिरहेकी थिइन् । आर्थिक अवस्थ कमजोर भएका उनलाई शनिबार संस्थाका महासचिब बिष्णु प्रसाद पौडेल ,उपाध्यक्ष टेक नारायण चापागाई ,कबिता चापागाईले घरमै गएर आमा नबिना खनाल पौडेल लाई रु १५००० प्रदान गरेका थिए ।
सामजिक कर्म लाई मुल धर्मको रुपमा अगाडि बढ्ने मेचीमहाकाली सामजिक संस्थाले विभिन्न ठाउँमा यस प्रकारको सहयोग गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here