दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने हाइड्रो समूहका लगानीकर्ता

काठमाडौं, २६ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२.६२८ विन्दुमा झरेको हो ।

आइतवार २२१ कम्पनीको ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको २५ लाख २४ हजार ६२५ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । विहीवार १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज ३ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।

नबिल बैकको ३ कारोड १७ लाखको कारोबार भएको छ । रिडी पावरको २ करोड ७५ लाख बढीको कारोबार भएको छ । मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमुल्य ४.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here