काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’

काठमाडौं, २६ भदौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन पुन डोजर चलाएको छ ।

तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले फुटपाथ मिचेर बनाइएको भर्‍याङ भत्काउन आइतवार डोजर चलाएको हो ।

महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्‍याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।

अवैध संरचनाहरू हटाउने अभियान निरन्तर रहेको महानगरले जनाएको छ । कोटेश्वेर क्षेत्रमा महानगरले यस महिनामात्रै ३ पटक डोजर चलाइसकेको छ । त्यस्तै, यो अभियान निरनतर जारी रहने महानगरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here