‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, नयाँ परियोजनामा निजी लगानीको खोजी

काठमाडौं । लगानी बोर्डले आगामी २९ भदौमा ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२’ को आयोजना गर्ने भएको छ। लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको हो ।

यसअघिका लगानी सम्मेलन जस्तो वृहत सम्मेलन भने यो होइन।

दीगो आर्थिक विकासका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताअनुसारको पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी खोज्ने तथा आकर्षित गर्ने उद्देश्यसहित बोर्डले जनाएको छ ।

यस कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता÷निजी क्षेत्र, नीतिनिर्माता, विकास साझेदार, बैंक तथावित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथापूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ ।

कार्यक्रमको समुद्घाटन प्रधानमन्त्रीएवं लगानी बोर्डका अध्यक्षबाट हुने विज्ञप्तिमा जनाइएको छ । यो फोरमको मुख्य उद्देश्य भनेकै अहिलेसम्मका पूर्वाधार परियोजनाबाहेक नयाँ खालका परियोजनामा निजी लगानीको खोजी हुने छ।

एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारी पत्रतथा सम्झौता, परियोजना विकासकाअवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुनेछ ।

यस्ता लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्नका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ। नेपालको अहिलेको व्यवस्थामा कस्तो सुधार चाहिन्छ? निजी क्षेत्रकले यस्तोमा लगानी गर्न के कस्ता पूर्वशर्त राख्छ भनेर नीति निर्माताबीचमा अन्तरक्रिया पनि हुने छ।

समग्रमा यो फोरम नेपालको लगानी प्राथमकितामा नयाँ सम्भावनाको खोजी गर्ने बाटो तय हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here