नोकिया जी ११ प्लस सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, २७ भदौ । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी इलेभेन प्लस सार्वजनिक गरेको छ ।

जी सिरिजको सफलतासंगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश गरिएको छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशका अनुसा नयाँ नोकिया जीइलेभेन प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ ।

अन्य स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया जीइलेभेन प्लसले तपाईंको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।

यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सकिनेछ । नोकिया जीइलेभेन प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू छन् ।

नोकिया जीइलेभे प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ । जसले पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ ।

नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ । पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ।

यसमा रहेको एआई टेक्नोलजिद्वारा सहयोग गरिएको ५० एमपी क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्दछ । जी सिरिजमा रहेको ९० एचजी पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५” एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्दछ।

३÷६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९ हजार ४ सय ९९ रहेको छ । निलो रंगमा उपलब्ध सो फोन आइतबारदेखि नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here